काठमाडौँ — नेपाल चिकित्सक संघको अध्यक्षमा लोचन कार्की निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक परिणाममा लोकतान्त्रिक समूहबाट चुनाव लडेका कार्की ४ हजार १११ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका पुष्पमणि खरालले १ हजार ९७९ मत प्राप्त गरे ।


ADVERTISEMENT


१३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ ३ हजार ५९५ मत ल्याइ विजयी भए। उनका प्रतिद्व‍न्द्वी रक्षा श्रेष्ठले २ हजार २६२ मत मात्र प्राप्त गरिन्। त्यस्तै उपाध्यक्षमा ३ हजार ९४५ मतसहित अनिलविक्रम कार्कीले जितेका छन्। उनका प्रत्यासी रञ्जीतकुमार झाले १ हजार ९५४ मत ल्याए।


ADVERTISEMENT

# # #


महासचिवमा भने बद्री रिजाल निर्वाचित भए। उनले २ हजार ४३१ मत पाए भने निकटतम प्रतिद्वन्द्वी मधुर बस्नेतले १ हजार ३७८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

कोषाध्यक्षमा ३ हजार २७८ मतसहित प्रकाश बुढाथोकीले जित हासिल गरेका छन् भने उनका प्रत्यासी सञ्जीतकुमार साहले २ हजार ५७९ मत पाएका छन्।

निर्वाचितहरुको नाम र मत परिणाम

अध्यक्ष

१. डा. लोचन कार्की – ४१११ [निर्वाचित]

२. डा. पुष्पमणि खराल १९७९

वरिष्ठ उपाध्यक्ष

डा. रक्षा श्रेष्ठ २२६२

डा. शिवप्रसाद श्रेष्ठ – ३५९५[निर्वाचित]

उपाध्यक्ष

डा. अनिलविक्रम कार्की ३९४५[निर्वाचित]

डा. रञ्जीतकुमार झा १९५४

महासचिव

डा. अजयकुमार मिश्र ८६९

डा. बद्री रिजाल २४३१[निर्वाचित]

डा. दीपेन्द्र पाण्डे १३०१

डा. मधुर बस्नेत – १३७८

कोषाध्यक्ष

डा. प्रकाश बुढाथोकी ३२७८[निर्वाचित]

डा. सञ्जीतकुमार साह २५७९

सहसचिव

डा. निरजकुमार सिंह ३७९०[निर्वाचित]

डा. शैलेन्द्र झा १८९४

सहकोषाध्यक्ष

डा. विश्वाराज दवाडी ३९३५[निर्वाचित]

डा. उदयनारायण सिंह १९४२

सदस्यहरु

१. डा. अमित चतुर्वेदी १५७४

२. डा. विक्रान्त ढकाल २५८६

३. डा. विपेश आचार्य २८८०[निर्वाचित]

४. डा. दीपकप्रसाद कोइराला १८६८

५. डा. जगदीशचन्द्र विष्ट १२४९

६. डा. लिजन महर्जन २८७२[निर्वाचित]

७. डा. नन्दकुमारी गुरुङ ३३१६[निर्वाचित]

८. डा. प्रमोद जोशी २७९६[निर्वाचित]

९. डा. प्रवीणकुमार गिरी ७४७

१०. डा. राकेश कुमार साह २३१३

११. डा. रितेश थापा ३७१७[निर्वाचित]

१२. डा. सञ्जीव तिवारी ३००४[निर्वाचित]

१३. डा. सुमान काफ्ले २२२६

१४. डा. त्रिभुवन चन्द्र झा १८१३