काठमाडौँ — दिल्लीको विधानसभा चुनावमा मुख्यमन्त्री अरविन्द केजरिवालको पार्टी ुआम आदमी पार्टीुले दुई तिहाईभन्दा बढी सिटमा विजय प्राप्त गरेको छ ।
कुल ७० स्थानका लागि भएको निर्वाचनमा आम आदमी पार्टी आपले ६२ स्थानमा विजय हासिल गरेको हो । मुख्यमन्त्री केजरीवाल, उपमुख्यमन्त्री मनिष सिसोदियालगायत सरकारका सबै मन्त्रीले जीत हासिल गरेका छन् । त्यस्तै पार्टीको महत्त्वपूर्णजिम्मेवारीमा रहेका आपका नेता निर्वाचनमा विजयी भएका छन्।


ADVERTISEMENT


भारतीय निर्वाचन आयोगका अनुसार केन्द्रको सत्ताधारी दल भारतीय जनता पार्टी भाजपा ८ स्थानमा विजयी भएको छ ।


ADVERTISEMENT

# # #


दिल्ली चुनावको यो नतिजासँगै आपले तेस्रोपटक सरकार बनाउने र केजरीवाल पुनः मुख्यमन्त्री बन्ने पक्का भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाललाई बधाई दिँदै ट्विट गरेका छन्। केजरीवाललाई बधाई दिँदै मोदीले दिल्लीका जनताको अपेक्षा पूरा गर्न सक्षम बन्न शुभकामना पनि दिएका छन्।