एजेन्सी –  ईण्डियाबिरुद्धको एकदिवसीय सिरिज घरेलु टोली न्युजिल्याण्डले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोलीलाई ५ विकेटले हराउदै किबिज टोलीले ३ म्याचको सिरिज क्लिन स्वीप गरेको हो । योसंगै न्युजिल्याण्डले टि–२० सिरिजमा भोगेको हारको बदला समेत लिएको छ । ईण्डियाले दिएको २ सय ९७ रनको उच्च चुनौती न्युजिल्याण्डले १७ बल अगावै ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा हेनरिक निकोल्सले ८०, मार्टिन गुप्टिलले ६६ र कोलिन डि ग्राण्डहोमले अबिजित ५८ रनको योगदान गरे । टम ल्याथमले ३२ रनमा नटआउट रहदा कप्तान केन विलियम्सनले २२ रन बनाए ।


ADVERTISEMENT


ईण्डियाका युजवेन्द्र चहालले ३ तथा रबिन्द्र जडेजा र सारदुल ठाकुरले समान एक विकेट । यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको ईण्डिया लोकेश राहुलको शतक मद्दतमा ७ विकेट गुमाएर २ सय ९६ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।


ADVERTISEMENT

# # #


राहुलले १ सय १२ रन बनाएको ईनिङसमा श्रेयस ऐरले ६२, मनिष पाण्डेयले ४२ र पृथ्वी सँले ४० रन बनाए । कप्तान बिराट कोहली ९ र मायांक अग्रवाल १ रनमा आउट भए । न्युजिल्याण्डका हामिस वेननेटले ४ तथा जेम्स निशेम र केल जेमीसनले समान एक विकेट लिए ।
न्युजिल्याण्ड भ्रमणका क्रममा यी २ राष्ट्रबिच २ खेलको टेष्ट सिरिज पनि हुनेछ ।