एजेन्सी– चीनबाट फैलिएको नोवेल कोरोना भाइरसको फैलावटलाई संसारभरका सरकार, चिकित्सकहरूले चिन्ताको रुपमा लिएका छन् । यसै अवस्थामा सार्वजनिक एक तथ्यले पुन: सो त्रासलाई बढाइरहेको छ । सांघाईका अधिकारीहरूका अनुसार कोरोना भाइरस हावामा फैलिएको सुक्ष्म कणहरूमा मिलेर फैलिरहेको छ । यसले हावामा मिसिएर मानिसमा संक्रमण बढाइरहेको छ ।
यस्तो फैलावटलाई एयरोसोल ट्रान्समिसन भनिन्छ । अहिलेसम्म उक्त भाइरस प्रत्यक्ष संक्रमण अर्थात् डाइरेक्ट ट्रान्समिसन र सम्पर्क संक्रमण अर्थात् कन्ट्याक्ट ट्रान्समिसनबाट फैलिएको पुष्टि भएको थियो ।


ADVERTISEMENT


सांघाई नागरिक सरोकार ब्यूरोका उपप्रमुखले भने, ‘एयरोसोल ट्रान्समिसनको अर्थ भाइरस हावामा रहेका साना कण र थोपाहरूमा मिलेर एयरोसोल बनाइरहेको हुन्छ । मेडिकल विज्ञका अनुसार, त्यो हावालाई श्वास फेर्दा कोरोना संक्रमण भइरहेको छ ।’


ADVERTISEMENT

# # #


उनले अगाडि थपे, ‘यसलाई मध्यनजर गर्दै हाम्रा अधिकारीहरूले रोगबाट संक्रमित परिवारका सदस्य नजिक जाादा हुनसक्ने संक्रमणबाट सचेत रहन अनुरोध गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुले सचेत हुन आवश्यक छ ।’

विज्ञका अनुसार प्रत्यक्ष संक्रमणको अर्थ संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यिऊा गर्दा उसको नजिक रहेका व्यक्तिले श्वास फेर्दा भाइरस नजिकको व्यक्तिमा प्रवेश गर्दछ ।

यस्तो बेला सम्पर्क संक्रमण त्यतिबेला हुन्छ जब कुनै व्यक्तिले भाइरस संक्रमित वस्तु छोएर आफ्नो मुख, नाक वा आँखा छुन्छ ।

खासगरी ढोकाको ह्याण्डल, खाना खाने टेबल, ट्वाइलेटको सिट आदि प्रयोग गर्दा पनि सचेत रहन स्वास्थ्यकर्मीले अनुरोध गरेको छन् ।