बेइजिङ — कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बुधबारसम्म एक हजार एक सय ७ पुगेको छ । मंगलबार मात्रै हुबेईमा ९४ जनाको भाइरसका कारण मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।


ADVERTISEMENT


यो संख्या सोमबारको भन्दा कम हो । सोमबार एकै दिन १०३ जनाको मृत्यु भएको थियो । मृतकको संख्या हजार नाघे पनि अघिल्लो दिनको तुलनामा संक्रमणको दरमा २० प्रतिशतले कमी आएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । स्वास्थ्य आयोगका अनुसार मंगलबार थप एक हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ । सोमबार भने २ हजार ८७ जनामा संक्रमण पाइएको थियो ।


ADVERTISEMENT

# # #


चीनबाहिर हालसम्म दुई दर्जनभन्दा बढी देशमा कुल ५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । चीनसहित विश्‍वका विभिन्न देशमा गरी कोरोना संक्रमितको संख्या ४५ हजार भन्दा बढी पुगेको छ ।

यसैबीच, कोरोना संक्रमण रोक्ने औषधि, खोप वा परीक्षणलाई तीव्रता दिन सहयोग चीनलाई सहयोग पुर्‍याउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले विज्ञ सम्मिलित बैठक गरेको छ । संगठनको मंगलबार बसेको बैठकले भाइरसका कारण हुने बिरामीलाई ‘कोभिड–२०१९’ नामकरणसमेत गरेको छ ।

निको हुने दर बढ्यो

कोरोना भाइरस संक्रमण भएका व्यक्तिको निको हुने दर बढेको चीनको राष्ट्रिय स्वास्थ्य आयोग एनएचसीले सोमबार बताएको छ । जनवरी २७ मा १.३ प्रतिशत संक्रमित निको भएकोमा त्यो बढेर ८।२ प्रतिशत पुगेको उसको भनाइ छ । ‘हुबेई र वुहानको मात्रै यस्तो दर हेर्ने हो भने क्रमशः ६.१ र ६.२ प्रतिशत छ ।

यसअघि जनवरी १७ मा ती सहरमा संक्रमित ठीक हुने दर १.७ र २.६ प्रतिशत थियो,’ एचएचसीका अधिकारी मी फेङले बेइजिङमा सोमबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

मंगलबारसम्ममा देशैभर ४ हजार ६८७ जना बिरामी पूर्णरूपमा निको भएर घर गएको एनएचसीको भनाइ छ ।