एजेन्सी – कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भइसकेका छन् भने १ हजार १८ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ ।


ADVERTISEMENT


संक्रमितमध्ये ४० हजार १ सय ७१ जना चीनमा छन् । चीनमा मात्रै अहिलेसम्म ९ सय ८ जनाको मृत्यु भइसकेको छ । चीनले मृतकको संख्या लुकाएको चर्चा केही समयदेखि चलेको भएता पनि चीनले भने यो कुरा स्वीकार गरेकोे छैन ।


ADVERTISEMENT

# # #


केही पश्चिमी र भारतीय मिडियाहरुले चीनले मृतकको संख्या लुकाउँदै ठूलो संख्यामा शव जलाएको आरोप लगाएका छन् । शव जलाउँदा सल्फर डाइअक्साइड ग्यास निक्लने बताउँदै स्याटेलाइटबाट लिइएको केही तस्बिरमा चीनको वुहान शहरमाथिको आकाशमा एकदमै धेरै मात्रामा सल्फर डाइअक्साइड ग्यास देखिएको जनाएको छ ।

वैज्ञानिकहरुक अनुसार सल्फर डाइअक्साइड ग्यास कि त मेडिकल सामान जलाउँदा वा मानिसको शव जलाउँदा निस्कने गर्छ । चीनको सामजिक सञ्जालमा पनि चीनको वुहान शहरको बाहिरी क्षेत्रमा मानिसको शव जलाएको भन्ने खबर भाइरल भइरहेको छ ।

वुहानमा सल्फर डाइअक्साइडको स्तार १७०० युजीरक्यूबिक मिटर छ, जुन खतराको स्तरभन्दा २२ गुणा बढी हो । ८० युजी/क्यूबिक मिटर खतरनाक मानिन्छ । यस्ता किसिमका तस्बिर वुहानभन्दा ९ सय किलोमिटर पर शहरमा पनि देखिएको छ ।

पर्यावरणीय विशेषज्ञका अनुसार यतिधेरै सल्फर अक्साइड ग्यास निस्कनुको कारण करिब १४ हजार भन्दा बढी शवहरु जलाएकोले हुनसक्ने अनुमान गरेका छन् ।

अमेरिकाको पब्लिक हेल्थ डिपार्टमेन्टका अनुसार शव जलाएको समयमा सल्फर ग्यास बाहेक प्याराडाइअक्साइट र हाइड्रोक्लोरिक एसिडजस्ता रसायन पनि निक्लने गर्छ ।

वुहानमा गत साता सल्फर डाइअक्साइड ग्यासको मात्रा १३५० माइक्रोग्राम्स प्रति क्यूबिक मिटर थियो, जुन सामान्यभन्दा एकदमै धेरै हो । केही संस्थानका अनुसार वुहानमा अघिल्लो केही दिनमा करिब ५ लाख मानिस कोरोनाभाइसको चपेटामा आउनसक्छ ।

लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनले वुहानमा कोरोनाभाइरस फैलिने तरिकाको अध्ययन गरिरहेका छन् ।