काठमाडौँ – आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तरगत काठमाडौँमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध विश्व कीर्तिमान कायम गरेको छ । स्पिनरद्वय सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ ।


ADVERTISEMENT


बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाउँदै ३५ रन मात्रै बनाउन सक्यो । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । यसअघि सन् २००४ मा श्रीलंकावरुद्ध जिम्बाब्वे १८ ओभरमा नै ३५ रन बनाउँदा अल आउट भएको थियो । नेपालले १४ वर्षपछि उक्त कीर्तिमान बराबरी गरेको हो ।


ADVERTISEMENT

# # #


जारी सिरिजको अन्तिम खेलमा पहिले ब्याटिङ सुरु गरेको अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले ।

त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो ।

अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।