काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । लिगको अन्तिम चरणको खेलको दोस्रो दिन तीन खेल हुन लागेको हो । तीनै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।


ADVERTISEMENT


पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी, दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब र अन्तिम खेलमा जावलाखेल युथ र साविकको विजेता मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


ADVERTISEMENT

# # #


शेर्पा र एनआरटी बीचको पहिलो खेल बिहान पौने ९ बजे सुरु हुनेछ । शीर्ष ६ को दौडबाट बाहिरिसकेका दुबै टिमबीच प्रतिष्ठाको लडाई हुनेछ ।

एनआरटी लिगको पाँचौ जितको खोजीमा हुनेछ । शेर्पा तेस्रो जित निकाल्न चाहन्छ । आज दुबै टिम दोस्रो रोजाईको खेलाडीलाई मौका दिने योजनामा छन् ।

दिनको दोस्रो खेल ‘पाटन डबी’ अन्तर्गत रहेको छ । खेल मध्यान १२ बजे सुरु हुनेछ ।
च्यासलविरुद्ध जित निकाल्दै थ्री स्टार शीर्ष तीनमा पर्न चाहन्छ । तर उसलाई जितले मात्रै पुग्दैन ।

तेस्रो खेलमा मनाङ भने जावलाखेलसँग पराजित हुनुपर्नेछ । च्यासलसँग थ्री स्टारको जित र जावलाखेलसँग मनाङले हारको समिकरणले मात्र थ्री स्टार तेस्रो स्थानमा पुग्नेछ ।