काठमाडौँ – कोरोना भाइरसको संक्रमण रहेको आशंकामा भर्ना भएका तीन जना नेपालीमा भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ ।


ADVERTISEMENT


कोरोना भाइरसको आशंकामा गत बुधबार उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो। तर, तीनैजनाको स्वास्थ्य परीक्षण प्रतिवेदन नकारात्मक आएपछि तीनैजना घर फर्किएका छन् ।


ADVERTISEMENT

# # #


चीनबाट फर्केका उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभएको पाइएको अस्पताल स्रोतले बताएको छ । एकजना चिनियाँ नागरिकको स्वास्थ्य प्रतिवेदनमा भाइरसको संक्रमण रहेको पुष्टि भएपनि १७ जनाको प्रतिवेदन नकारात्मक आएको अस्पतालले जनाएको छ ।

संक्रमित निको भएपछि ‘डिस्चार्ज’

भाइरसको संक्रमण सकारात्मक देखिएको चिनियाँ नागरिक समेत निको भएर डिस्चार्ज भइसकेको शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ ।

अस्पतालमा ‘थ्रोट स्वाब’को नमूना दिएर घर फर्केका चिनियाँ नागरिकको स्वास्थ्य प्रतिवेदनमा कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि उनलाई अस्पतालले आइसोलेशन वार्डमा राखेको थियो ।