कोरोना भाइरसको उद्‍गमस्थल चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ । शनिबार बिहान हुबेईका विभिन्न सहरमा रहेका नेपालीहरुलाई वुहान ल्याउने क्रम जारी रहेको छ । वुहान र आसपासका सहरमा गरी १८२ जना नेपाली रहेका छन् ।


ADVERTISEMENT


चीनको हुबेई प्रान्तको वुहान र आसपासका सहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार दिउँसो नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट उड्दैछ । शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाड उडेको विमान राति ९ बजे (चिनियाँ समय ) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।


ADVERTISEMENT

# # #


वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ । आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्नेछ ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ । विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन् ।

स्रोत : कान्तिपुर