प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारले २ वर्षमा गरेका कामबारे संसदमार्फत जानकारी दिनुहुने भएको छ ।


ADVERTISEMENT


संसदको शुक्रबारको बैठकमै प्रधानमन्त्रीले संबोधन गर्ने तय भएको भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएका कारण सम्बोधन आज शनिबारका लागि सरेको संसद सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने तयारी रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।