हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ । अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर ज्यान गएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


स्थानीय इन्स्टिच्युट फर सोसियल वेलफेयरका निर्देशक एरिएल जोन्टी भिल्ड्रेनले अनुमति बिनै सञ्चालन गरिएको अनाथालयमाआगलागीका बेला ६० जना बालबालिका रहेको थिए । बाँकी ४५ जनाको परिवारको खोजी गरेर जिम्मा लगाउने तयारी गरिएको छ ।


ADVERTISEMENT

# # #


धर्मको प्रचार गर्दै आएको अमेरिकाको पेन्सिल्भानियामा रहेको चर्च अफ बाइबाल अण्डरस्ट्याण्डिङ नामक संस्थाले अनुमति बिनै सञ्चालन गरेको अनाथालयमा आगलागी भएको हो । आगलागिको कारण खुलेको छैन । अनाथालयमा बिजुलीको सट्टा मैनबत्ती बाल्ने गरिएको त्यहाँका कर्मचारीले बताएका छन् ।