म्यान्चेष्टर सिटीले दुई सिजन च्याम्पियन्स लिग फुटबल खेल्न नपाउने भएको छ ।क्लबले आर्थिक पारदर्शिता लगायत नियमको गम्भीर उल्ल्रघन गरेको ठहर गर्दै यूरोपेली फुटबल महासंघ ईयूएफए ले सिटीलाई २ वर्षसम्म च्याम्पियन्स लिगमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


इंग्लिस प्रिमियर लिगको साविक विजेता सिटीलाई ३ करोड युरो जरिवाना पनि गर्ने निर्णय गरेको छ । महासंघको आर्थिक विभागले गरेको छानबिनमा सन् २०१२ देखि २०१६ सम्मको अवधिमा प्रायोजनसम्बन्धी आम्दानीमा दोषी पाइएपछि कारबाही गरिएको महासंघले जनाएको छ ।


ADVERTISEMENT

# # #


यो निर्णयले क्लब आश्चर्यचकित नभएको तर कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । क्लबले महासंघको अनुसन्धानमा सहयोग नगरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो निर्णयले क्लब आश्चर्यचकित नभएको तर कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । क्लबले यो निर्णयबारे न्यायालयमा अपिल गर्न पाउनेछ । युरोपेली फुटबल महासंघले बनाएको आर्थिक अनुशासन पालना नगरेको, आर्थिक पारदर्शीता नभएकोमा सिटीले यसअघि पनि कारबाही भोगेको थियो ।

यो निर्णय म्यान्चेष्टर सिटीको महिला टीमलाई भने लागू हुने छैन ।