काठमाडौँ —कालापानी सीमा क्षेत्रको अवलोकन गर्न आज बिहान हेलिकप्टरमा गएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको टोली बाक्लो हिउँका कारण ल्यान्ड नगरी हवाई निरीक्षणमात्रै गरेर फर्किएको छ ।


ADVERTISEMENT


सुदूर पश्चिमकी उपसभामुख निर्मला बडाल जोशी, प्रतिनिधी सभा सदस्य गणेशसिंह ठगुन्ना, नेपाली सेनाका अधिकृत र रक्षामन्त्रालयका अधिकारीहरु उक्त भ्रमणमा सहभागी थिए।


ADVERTISEMENT

# # #