काठमाडौँ – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पद बहाली गरेकी छन् ।


ADVERTISEMENT


सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्री तुम्बाहाङ्फेले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदबहाली गरेकी हुन् ।


ADVERTISEMENT

# # #


सोमबार प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानुन मन्त्रीमा नियुक्त गरेकी थिइन् । समाजवादी पार्टीका संयोजक उपेन्द्र यादवको सरकारबाट बहिगर्मसँगै रिक्त रहेको थियो । यो बीचमा कानुनमन्त्रालयको जिम्मेवारी पूर्वकानुनमन्त्री समेत रहेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।

यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख बन्न शिवमायाले निकै कसरत गरेकी थिइन् । तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित गरेको थियो ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’बाट मन्त्री बनाउने बचन पाएपछि शिवमायाले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन्।