काठमाडौँ – संघीय संसदकी कर्मचारीमाथि बलात्कारको आरोप लागेका महरा हिसासतबाट छुटेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतले सफाइ दिएसँगै पूर्वसभामुख महरा झण्डै पाँच महिना हिरासतमा बसेर बाहिरिएका हुन् ।


ADVERTISEMENT


घटनाको पुर्पुक्षका लागि डिल्लीबजार थुनामा रहेका महराले छुटेपछि थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको बताए । रिहा भएपछि छोटो प्रतिक्रिया दिँदै महराले आफू निर्दोष भएकाले छुटेको बताए । उनले त्यसबाहेक थप बोल्न मानेनन् ।


ADVERTISEMENT

# # #


महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए । उनलाई कारागारभित्रै पूर्वआईजीपी रमेश चन्द ठकुरी र पूर्व डीआईजी रञ्जन कोइरालालगायत अन्य कैदीबन्दीले पनि बिदाइ गरेका थिए। महराको स्वागतका लागि काराबारबाहिर परिवार, आफन्त र कार्यकर्ताको भीड लागेको थियो ।

सोमबार जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाई दिएको थियो । त्यसअघि महरालाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।

बलात्कारको प्रयासको मुद्दामा सफाइ पाएपछि कारागार कार्यालय डिल्लीबजार बाट बाहिरिने क्रममा महरा । तस्वीर : नवीन पौडेल, रासस