काठमाडौं-  इटालीको मिलानस्थित प्रख्यात पर्यटकीय क्षेत्र डउमोको टेरान्जा मार्टिनिमा नेपाली वाणिज्य दूतावास इटाली, नेपाली राजदूतावास स्वीटजरल्याण्डको आयोजना, गैर आवासीय नेपाली संघ इटाली को व्यवस्थापन र इटालीमा रहेका विभिन्न संघसंस्थाहरुको सहभागितामा एक औपचारिक कार्यक्रमका साथ १८ फेब्रुअरीमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन भएको छ । सो कार्यक्रममा ठूलो संख्यामा स्थानीय इटालियनहरुको समेत उपस्थिति रहेको थियो भने स्वीजरल्याण्डका लागि नेपाली राजदूत महामहिम मणिप्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT


कार्यक्रममा इटालीका लागि वाणिज्य दूत पाओलो नुगारी तथा एनआरएनए इटालीका अध्यक्ष देवराज गुरुङले विशेष मन्तब्य राखेका थिए । कार्यक्रममा नेपालको प्रसिद्ध हिमालयहरु, प्राकृतिक सौन्दर्यता, जैविक विविधता, जातीय एवं भाषिक मौलिकता र साँस्कृतिक सम्पदाको अवलोकन गराईएको थियो कार्यक्रममा विभिन्न नेपाली मौलिक नाच बिना पुन, अनुस्का सुबेदी र स्वेता सुबेदीद्वारा प्रस्तूत गरिएको थियो भने नेपाली खानाको व्यबस्थापन नेपाली रेष्टुरेन्ट हिमालयले गर्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यान केन्द्रित गर्न ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारात्मक सामग्री पनि वितरण गरिएको थियो ।


ADVERTISEMENT

# # #