काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा आज पदबाट राजीनामा दिएका छन्।


ADVERTISEMENT


सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएलगत्तै आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उले ट्वीटमा भनेका छन्, “मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु ।”