काठमाडौँ – नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले श्री राधा माधव समिति नेपालद्वारा देशव्यापी रुपमा आध्यात्मिक तथा पर्यटकीय स्थानका भ्रमण कार्यक्रमको आयोजना गरिएको छ ।


ADVERTISEMENT


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज राधे राधे ठिमीमा आयोजित कार्यक्रममा आध्यात्मिक चेत, नैतिक बलका साथ सांस्कृतिक तहबाट नेपाल भ्रमण वर्ष सफल बनाउन मुक्त कण्ठले प्रशंसा गर्दै जातीय तथा सामाजिक विविधता रहेको हाम्रो देशमा आयोजना गरिने यस्ता आध्यात्मिक भ्रमणले पर्यटन प्रवद्र्धन र सामाजिक सांस्कृतिक एकता कायम राख्न एक साथ सहयोग पुग्ने विश्वास प्रकट गरे ।


ADVERTISEMENT

# # #


उक्त समितिका अध्यक्ष सङ्गीता दिदीको अगुवाइमा सत्संगीहरु सम्मिलित भ्रमण टोलीद्वारा देशका सातै प्रदेशका सयभन्दा बढी ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको यही फागुन १६ गतेदेखि आरम्भ गरिने उक्त भ्रमण कार्यक्रमको सो अवसरमा समिति अध्यक्ष संगीता दिदीले सन् २०११ मा आयोजित भिजिट नेपाल सफल बनाउन जगद्गुरु कृपालुजी महाराजका एक मात्र नेपाली प्रचारक स्वामी हरिदासजीले देशका विभिन्न दुर्गम स्थानमा भ्रमण गरेको प्रसङ्ग स्मरण गराए ।

जगदगुरुश्री कृपालुजी महाप्रभुद्वारा प्रदत्त सेवा र साधनाको प्रेरणादायी मार्ग दर्शनलाई आत्मसात गर्दै देशको आध्यात्मिक, सांस्कृतिक तथा आर्थिक उन्नयनमा अघि बढ्ने भावविनिमयसहित राधामाधव समितिका तर्फबाट मन्त्री भट्टराईलाई प्रेमोपहार प्रदान गरेका थिए ।