काठमाडौं – पेप्सीकोलाको काँडाघारीस्थित अक्षरा स्कुलले दोश्रो शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । बिहीवार विद्यालयकै प्राङ्गणमा दिनभर चलेको प्रदर्शनीमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले आफ्नो पाठ्यक्रमबाट कक्षामा सिकेका ज्ञानलाई ब्यवहारिक रुपमा अवलोकनकर्ता सामु राखेका थिए ।


ADVERTISEMENT


कुनैपनि वस्तुको पुन उत्पादन,पुन पर्योग र कम प्रयोगको सिद्धान्तलाई अक्षराको दोश्रो शैक्षिक प्रदर्शनीको मुख्य विषय बनाएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञानका नयाँ नयाँ आविष्कारहरु गरी त्यसको जानकारी अवलोकनकर्ताहरुलाई गराएका थिए । आफुले सिकेका नेपाली, गणित, सामाजिक लगायतका विषयका विषयगत ज्ञानलाई समेत खेलको माध्यमबाट उजागर गरेकाथिए । अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले शैक्षिक प्रदर्शनीमार्फत बाल बालिकाहरुको खोज अनुसन्धान, सहकार्य, सामुहिक कार्य, नेतृत्व विकास,सिर्जनात्मक क्षमता लगायतका सीप विकासमा टेवा पुगेको बताउनुभयो ।


ADVERTISEMENT

# # #


विद्यार्थीहरुले आफ्नो रुची अनुसारका विषय छनौट गरी प्रदर्शनका सामाग्री निमार्ण गरेको भन्दै प्रिन्सिपल भट्टराईले कार्यक्रमका लागि शिक्षकहरुले सहजकर्ताको मात्र भुमिका निर्वाह गरेको बताउनुभयो ।

अक्षरा स्कुलको शैक्षिक प्रदर्शनीमा राजधानीका १५ वटा निजी तथा सामुदायिक विद्यालयहरुबाट शिक्षक विद्यार्थीहरु अवलोकनका लागि आएको प्रिन्सीपल भट्टराईले जानकारी दिनुभयो । फरक फरक विद्यालयबाट आएका एउटै उमेर समुहका बालवालिकाहरु र अक्षराका विद्यार्थीबीच आपसमा छलफल,अन्र्तक्रिया र सिकाईको वातावरण प्रदर्शनीमा देखिएको थियो ।