एजेन्सी –  क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा एसपीएललाई हराएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले रोनाल्डोको कीर्तिमानी गोलमा एसपीएललाई २–१ गोल अन्तरले हराएको हो ।


ADVERTISEMENT


करियरको सिनियरतर्फ एक हजार खेल पुरा गरेका रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहे । जुआन कुआड्राडोको क्रसमा ३९ औं मिनेटमा गोल गर्दै रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे । ६० औं मिनेटमा आरोन राम्सेले एक गोल थप्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए । घरेलु टोलीका आन्ड्रे पेटाग्नालेटरले ६९ औं मिनेटमा पेनाल्टीमा एक गोल फर्काएका थिए ।


ADVERTISEMENT

# # #


जितसंगै युभेन्ट्सले लिगमा चार अंकको स्पष्ट अग्रता कायम गरेको छ । शीर्ष स्थानको युभेन्ट्सको ६० अंक छ । तालिकाको पुछारमा रहेको एसपीएलको १५ अंक छ । रोनाल्डोले यस सिजन क्लब र देशका लागि ३६ खेलमा ३६ गोल गरको छन् । उनलाई आगामी आईतबार ईन्टर मिलानबिरुद्ध गोल गर्दै सिरि ए फुटबलमा कीर्तिमानी गोल कायम गर्ने अवसर छ ।

उनले ईटालियन लिगका ११ खेलमा लगातार गोल गर्ने कीर्तिमान बराबरी गर्न सफल भएका छन्