काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणले गम्भिर अवस्था ल्याएको भन्दै यसलाई दुःखद परिघट्नाको रुपमा चित्रण गरेका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टस नेपालमा बोल्दै प्रमुख सचेतक गुरुङले बाँस्कोटाको प्रकरणमा सरकारका तर्फबाट गम्भीर छानबिन हुने बताए । ‘कति घोटाला भएको हो या होईन ? के हो ? भन्ने विषयमा गम्भिरतापूर्वक छानबिन हुन्छ ।’ उनले भने, ‘दोषीउपर कानूनसम्मत ढंगले आवश्यक कारबाही प्रक्रिया पनि अघि बढ्नुपर्छ भन्ने लाग्छ ।’


ADVERTISEMENT

# # #


उनले बाँस्कोटाको अडियो प्रकरणमात्रै अहिले बाहिर आएकोले यत्तिकै आधारमा कति दोषी हो ? भनेर एकिनका साथ भन्न नसकिने स्पष्ट पारे । यदपी आशंका पैदा भएकाले विस्तृत रुपमा यसबारेमा छानबिन गर्न आवश्यक रहेको उनले औँल्याए । सेक्युरिटी प्रिन्टिङ प्रेस जिटुजी अर्थात सरकार–सरकारबीच सम्झौता गरेर त्योसम्बन्धी खरिद गर्ने कुरा बुझिएको सुनाउँदै गुरुङले सरकारले ग्लोबल टेण्डरबिना कुनै कम्पनीसँग मात्रै सम्झौता गरेर खरिद गर्ने प्रक्रिया कति उपयुक्त वा अनुपयुक्त भन्दै यो नीतिगत रुपमा पनि पूर्नविचारको विषय भएको बताए ।

नीतिगत कुरा संसदीय समितिले हेर्ने र निवर्तमान मन्त्री बाँस्कोटाबाट कति गल्ती वा भ्रष्टाचार भएको हो या होईन भन्ने कुरा चाहीँ कानूनी रुपमा हेर्ने वा छानबिन हुनुपर्ने उनको भनाई छ ।

 एमसीसीमा संशोधन आवश्यक

गुरुङले एमसीसीको विषयमा टिप्पणी गर्दै नेपालले आर्थिक सहायता लिने दिने यो चलिरहने प्रक्रिया भएको बताए । तर, एमसीसीमा गलत शर्तहरु थुपारिएको उनको भनाई छ । उनले भने, ‘त्यसले गर्दा उही रुपमा यसलाई एक्सेप्ट गर्न नसकिने अवस्था छ ।’

उनले विभिन्न दस्तावेज र अमेरिकी अधिकारीहरुको भनाईले पनि एमसीसी चाहीँ ईण्डो प्यासिफिक स्ट्राटेजीकै अंग भएको कुरा पुष्टि गरेको सुनाए । तर, नेपाल कुनैपनि सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने उनले स्पष्ट पारे ।

एमसीसीबारे नेकपाले कार्यदल गठन गरेर गम्भिर रुपमा छलफल गरेर रिपोर्ट तयार पारेर पार्टी नेतृत्वलाई प्रतिवेदनसमेत बुझाएको उनले जनाए । उनले भने, ‘हिजोमात्रै कार्यदलले रिपोर्ट गरिसकेको छ । पार्टीमा यो प्रवेश हुनेछ । यसबारेमा गम्भिरतापूर्वक छलफल हुनेछ । आवश्यकताअनुसार कार्यदलको रिपोर्टपनि सार्वजनिक गर्नेछौं भनेर कुरा आएको छ ।’ उक्त सम्झौताबारे पार्टीले आवश्यक परिमार्जन गरेर नै अघि बढ्ने उनको भनाई छ । पार्टीले उपयुक्त समयमा उपयुक्त ढंगले निर्णय गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

उनले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा पार्टीले के निर्णय गर्छ भन्ने कुरा नै प्रधान हुने सुनाए । एमसीसीको बारेमा पार्टीले जे निर्णय गर्छ त्यही हुने उनले स्पष्ट पारे ।