भारतको २ दिने औपचारिक भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्दै हुनुहुन्छ । अमेरिकाले भारतलाई ३ अर्ब डलर बराबरको अत्याधुनिक सैन्य हेलिकप्टर र अन्य उपकरण प्रदान गर्ने सम्बन्धि सम्झौतामा आज हस्ताक्षर हुन लागेको हो ।सम्झौताअघि प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पबीच हैदरावादमा विस्तृत छलफलको कार्यसूची रहेको छ । छलफलका क्रममा दुवै मुलुकका प्रतिनिधि मण्डलको सहभागिता रहने भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।


ADVERTISEMENT


राष्ट्रपति कोविन्दको तर्फबाट रात्रीभोज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा आज भारतीय राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोजको आयोजना गरेका छन् । रात्रीभोजमा प्रतिपक्षी कांग्रेससहित अन्य दल एवंं लब्धप्रतिष्ठितलाई बोलाइएको छ ।


ADVERTISEMENT

# # #