काठमाडौं – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आयोजना गर्ने टी–२० म्याच खेल्ने भएका छन् । बंगलादेशका संस्थापक शेख मुजीव उर(रहमानको १०० औं जन्मजयन्तीको अवसरमा बीसीबीले दुई टी–२० खेल आयोजना गर्दैछ ।


ADVERTISEMENT


जसका लागि लेवर्ल्ड ११ र एसिया ११ भिड्नेछन् । मार्चमा यो खेलमा सन्दीपले एसिया ११बाट खेल्नेछन् । जहाँ भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कप्तानी गर्दैछन् । एसिया ११ मा विराट कोहली र सन्दीप लामिछानेसँगै केएल राहुल, शिखर धवन, ऋषभ पन्त, कुलदीप यादव, मोहम्मद शामी, थिसारा पेरेरा, लासिथ मालिंगा, रासिद खान, मास्तफिजुर रहमान, तमिम इकवाल, मुस्फिकर रहिम, लिटोन दास, थिसरा परेरा, लासिथ मालिंगा, मोहम्मदुल्लाह रहेका छन् ।


ADVERTISEMENT

# # #


१५ सदस्यीय एशिया ११ मा सबैभन्दा बढी खेलाडी (६ जना) भारतबाट परेका छन् । यस्तै आयोजक बंगलादेशबाट ४ जना खेलाडी परेका छन् भने श्रीलंका र अफगानिस्तानबाट २–२ तथा नेपालबाट एकजना परेका । पाकिस्तानका कुनैपनि खेलाडीलाई टिममा समावेश गरिएको छैन ।

यस्तै लेवर्ल्ड ११को कप्तानी दक्षिण अफ्रिकाका क्रिकेटर फाफ डुप्लेसिसले गर्नेछन् । जहाँ एलेक्स हल्स, क्रिस गेल, निकोलास पूरन, ब्रेन्डेन टेलर, जोन्नी बियरस्टव, किरन पोलार्ड, सेल्डन कोट्रेल, लुंगी नेग्दी, एन्ड्रोन टाई र मिचेल मेक्लेघान रहेका छन् ।

दुवै टिममा उपलब्ध उत्कृष्ट क्रिकेटरहरुलाई राखिएको बीसीबीका अध्यक्ष नज्मुल हरसले बताएका छन् ।