काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलमा थप २१ राज्यमन्त्री थप गर्ने भएका छन् । थप हुने मन्त्रिमण्डलमा कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्न लागिएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।


ADVERTISEMENT


निधिका अनुसार माओवादीबाट राज्यमन्त्रीको नाम प्राप्त भइसकेकाले उनीहरुलाई आज बेलुका नै सपथ गराउने सम्भावना छ भने कांग्रेस र फोरमबाट थप भएका राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाको भारत भ्रमण अगावै सपथ ग्रहण गराइने छ ।


ADVERTISEMENT

# # #


माओवादी राज्यमन्त्रीका लागि सिफारिस भएकाहरुमा जाकिर हुसैन (उर्जा), श्यामकुमार श्रेष्ठ (गृह), रामा सिंह यादव (परराष्ट्र), शम्भुलाल श्रेष्ठ (स्वास्थ्य), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गरुङ (सहरी), गोमा कुँवर (पशु–पन्छी), ओङ्दी शेर्पा (सामान्य प्रशासन) छन् ।