काठमाडौँ – नेपालको एशिया कप क्रिकेट प्रतियोगिता खेल्ने सपना पुनः एक पटक चकनाचुर भएको छ । एशिया कप छनोटको प्रारम्भिक प्रतियोगिताका रुपमा रहेको एशियन क्रिकेट काउन्सिल (एसीसी) टी–२० इस्टर्न रिजनबाट बाहिरिएसँगै नेपालले यही वर्ष पाकिस्तानमा हुने टी–२० एशिया कप गुमाएको हो ।


ADVERTISEMENT


थाइल्याण्डमा फेब्रअरी २९ देखि सुरु भएको प्रतियोगितामा खराब प्रर्दशन गरेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । सुरुवाती दुई खेल हारेको नेपालले बुधबार बिहान थाइल्याण्डलाई ९ विकेटले हराएर एशिया कप छनोट खेल्ने आशाको त्यान्द्रो बाँकी राखेको थियो । तर, बुधबार नै अर्को खेलमा सिंगापुरले हङकङलाई १७ रनले पराजित गरेपछि नेपालको आशाको त्यान्द्रो चुँडिएको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगिताको नयाँ अंक तालिका अनुसार ३ खेलमा तीनवटै जित हात पार्दै सिंगापुर शीर्ष स्थानमा रहेको छ । यस्तै समान ३ खेलमा समान २ जीत र १ हारम ४ अंकका साथ हङकङ र मलेसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यता ३ खेलमा एक जित हात पारेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । यी चार वटै टिमले अब एक एक खेल खेल्न बाँकी छन् ।

जसमा सिंगापुरले नेपालसँग खेल्न बाँकी छ भने प्रतियोगिताको अन्तिम खेलमा मलेसिया र हङकङ भिड्नेछन् । सिंगापुरले नेपालसँग हारे पनि उसको एशिया कप छनोटको यात्रा लगभग पक्का भइसकेको छ । नेपालसँग हारेमा उसको ४ खेलमा ३ जितका सात ६ अंक हुनेछ र उसको रनरेट पनि निकै उच्च छ । यता ३ खेलमा २–२ जित हात पारेका हङकङ र मलेसियामध्येको विजेता टोलीको पनि ६ अंक हुनेछ ।

यता नेपालले सिंगापुरलाई हराएमा २ खेलमा २ जित र दुई हारका साथ ४ अंक हुनेछ । प्रतियोगितामा थाइल्याण्डले भने चारवटै खेलमा हार व्यहोरेको छ ।

उत्कृष्ट दुई टिम एशिया कपको फाइनल छनोटमा पुग्ने भएकाले ६ अंक भएका सिंगापुर हङकङ र मलेसियामध्येको विजेता टोलीले उक्त प्रतियोगितामा छनोट हुनेछन् ।