काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेबाट सुरु भएको प्रत्यारोपण करिब ४ घन्टामा सफल भएको चिकित्सकले जनाएका छन् ।


ADVERTISEMENT


दोस्रो पटक अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले प्रत्यारोपण सफल गरेको हो । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गरेकी छन् ।


ADVERTISEMENT

# # #


मिर्गौला प्रत्यारोपणअघि प्रधानमन्त्री ओलीको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । उनी प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीको यो दोस्रोपटकको मिर्गौला प्रत्यारोपण हो ।   यसअघि उनको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।