काठमाडौँ– संविधानको दोस्रो संशोधन विधेयक आज संसदमा निर्णयार्थ पेस हुने भएको छ ।


ADVERTISEMENT


संविधानप्रति असन्तुष्ट रहेका मधेस केन्द्रीत दलको माग सम्बोधन गर्न भन्दै सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकार सहितका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाएको हो ।


ADVERTISEMENT

# # #


विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरूले आइतबार दोस्रो दिन दफावार छलफलमा भाग लिएका थिए । संशोधनकर्ताहरुले आफ्नो धारणा राखिसकेपछि आजै दिउँसो १ बजे बस्ने संसद बैठकमा विधेयक निर्णयार्थ पेस गर्ने संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

यद्यपि विधेयकमाथिको दफावार छलफल नै बाँकी रहेकाले त्यसमाथि परेका ५० वटा संशोधनलाई क्रमैसँग निर्णयार्थ पेस गर्न समय लाग्ने देखिएको छ । विधेयकका पक्षमा सदनमा कायम रहेको कुलसदस्य संख्या ५ सय ९२ को दुई तिहाइ ३ सय ९५ मत नपरेको अवस्थामा विपक्षमा जति मत परेपनि संविधान संशोधन प्रस्ताव अस्वीकृत हुने व्यवस्था छ ।

आजको संसदको सम्भावित कार्यसूची
१. ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३’ माथिको दफावार छलफल जारी रहने ।

२. ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

३.  मा. कानुन,न्याय तथा संसदीय मामिला मन्त्री श्री यज्ञबहादुर थापाले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७४ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।