सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता पर्शुराम बस्नेतसँग विविध विषयमा गरिएको कुराकानी :


ADVERTISEMENT


पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


हिजो मात्रै सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

उहाँको दृढ इच्छाशक्ति, साहस सम्पूर्ण नेपालीको शुभेच्छाले प्रत्यारोपण सफल भएर स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको छ ।

उहाँको स्वास्थ्यप्रति सम्पूर्ण नेपाली जनता, युवा तथा विद्यार्थीहरु चिन्तित छन् र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । अन्य संगठनका कामहरु पनि विस्तारै अघि बढ्दैछन् ।

नेकपाभित्र युवा नेताहरुको सक्रियता अहिले कस्तो छ ?

‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ प्रधानमन्त्री पवित्र उद्देश्य बोकेर नेपाल निर्माणमा लाग्नु भएको छ । उहाँको यो सपनालाई साकार बनाउनका लागि सबै हिसाबले हामीले साथ र सहयोग प्रदान गरिरहेका छौँ ।

युवासंघ नेपालको एकतापछि बीचमा केही मतभेदहरु पनि बाहिरिएका थिए । अहिले अवस्था के छ ?

केन्द्रीय तहमा केही मतभेद देखिएपनि तल्लो तहमा राष्ट्रिय युवा संघ नेपालको एकता प्रक्रिया तीव्र रुपमा अगाडि बढिरहेको छ । विभिन्न जिल्लाहरुमा कमिटि निर्माण भएर शपथग्रहण लगायतका भेलाहरु सम्पन्न हुँदैछन् । र  नमिलेका मनहरु मिलाउने कामहरु भईरहेका छन् ।

जुन उत्साहका साथ पार्टी एकता भएको थियो, त्यसको ‘स्प्रिट’लाई बोक्न नसकेको हो कि भन्ने नेपाली युवा
तथा विधार्थीहरुले बुझिरहेका छन् । तर, अब सकारात्मक पहल कदमीबाट राष्ट्र निर्माण अभियानमा प्रधानमन्त्रीलाई साथ दिँदै अघि बढ्नेछ । युवा संघ नेपाल अहिले यही अभियानमा लागेको छ ।

नेकपाको पार्टी एकतापछि विकास भएका घटनाक्रमलाई युवाहरुले कसरी हेरिरहेका छन् ? यसमा तपाईंको दृष्टिकोण के छ ?

सिंगो नेपाली युवाहरुले पार्टी एकतालाई एउटा उत्साहका रुपमा हेरेका थिए । तर, माथिका नेताहरुको गतिविधि जसरी ‘पदलोलुपता’को हिसाबले प्रकट भएपछि नेपाली युवाहरु निराश हुने अवस्था सिर्जना भएको छ । यसकारण शीर्षस्थ नेताहरुलाई हामी आग्रह गर्न चाहन्छौँ कि तल कार्यकर्ता एकदम ठीक छन्, माथिल्लो स्तरमै समस्या छ । त्यसलाई समाधान गरेर यो मुलुकलाई समृद्धि दिने कुरामा, प्रधानमन्त्री ओलीको सपना पूरा गर्ने कुरामा सबै एक भएर जानुपर्ने हामीले देखेका छौँ । सबै नेताहरु एक भएको हामी हेर्न चाहन्छौँ ।

तर, अहिलेको परिस्थति हेर्दा त त्यो अवस्था आउने जस्तो देखिन्न नि ?

प्रधानमन्त्रीले आफू अस्वस्थ हुँदा हुँदै पनि यो देशलाई कम्युनिस्टको नेतृत्वमा समृद्धिको उचाईंमा पुर्याउने सपना देख्नु भएको छ । तर, त्यो सपना पूरा हुन नदिनका लागि विभिन्न खालका षड्यन्त्रहरु भइरहेका छन् । त्यसमा नेतृत्व नै लागेको हो कि भन्ने हामीलाई महसुस भएको छ । अहिलेको अर्जुनदृष्टि भनेको पार्टी एकता भइसकेपछि वर्तमान सरकारको सपनालाई पूरा गर्नु हो । त्यसतर्फ लाग्न हामी आग्रह गर्छौं ।

स्थायी सरकार पाइसकेपछि जनताले समृद्धि पाउँछन् भन्ने अपेक्षा छ । आज जनताले विश्वास गरेर दुई तिहाईको सरकार बनेको छ । तर, फेरि ९–९ महिनामा सरकार फेरिने अवस्था कतै कुनामा बसेर सिर्जना गर्न खोजिन्छ भने त्यो नेपाली जनता, नेपाली युवा तथा विधार्थीहरु टुलुटुलु हेरेर बस्दैनन् । भोलि जनताको बीचमा जाने बाटो राखेर यो पाँच वर्षका लागि जनताले दिएको मत खेर जान नदिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै शीर्षस्थ नेताहरुले साथ दिन जरुरी छ ।

अहिले पनि पार्टी नेताहरुबीच पूर्व एमाले र पूर्व माओवादी भनेर भागवण्डा मिलाएको समाचारहरु बाहिरिन्छन् । यसले युवाहरुमा कत्तिको निराशा पैदा गर्छ ?

अहिले जुन रुपमा पार्टीभित्र विभिन्न गितिविधिहरु भइरहेका छन्, तिनलाई नेपाली जनताले गम्भीर रुपमा नियालीरहेका छन् । राष्ट्रिय राजनीतिमा को नेताले के भूमिका निर्वाह गर्दैछ भन्ने कुरा बुझ्न नेपाली जनता सचेत भइसकेका छन् ।

जे कुरा बाहिर आईरहेका छन्, त्यसले नेपाली जनतालाई निराश पारिरहेको छ । अब नेताहरुले हिजोकै गल्ती दोहोर्‍याए भने नयाँ हिसाबले सोच्न बाध्य हुनेछन् । त्यसकारण हामी नेताहरुलाई ध्यानाकर्षण गराउन चाहन्छौँ । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार बनाएर आउँदो निर्वाचनमा कम्युनिस्ट पार्टीको विकल्प छैन भन्ने एउटा नमूना नेपाल कम्युनिस्ट पार्टीले दिएर जनताका बीचमा जानुपर्छ । त्यसकारण नेताहरु सरकारविरुद्धका कुनैपनि षड्यन्त्रमा फस्नु हुँदैन ।

तर, जनताले अयोग्य ठहराएकाहरुलाई राष्ट्रियसभामा ल्याउने र त्यसमा पनि प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने कुराहरु आए । यसबारे के भन्नुहुन्छ ?

अहिले नेपाली जनताले आशा गरे अनुसार नै नेताहरुले गर्नुहुन्छ भन्ने हामीले विश्वास गरेका छौँ ।

यो सरकारलाई दायाँबायाँ गरेर प्रधानमन्त्रीले सोचेको भन्दा फरक हिसाबले राष्ट्रिय सभामा विज्ञका रुपमा यसलाई बनाउनु पर्छ, उसलाई बनाउनुपर्छ भनेर बल मिच्याईं गर्ने कुराको कुनै अर्थ छैन । वामदेव गौतम पार्टीको एउटा वरिष्ठ नेता हुनुहुन्छ । उहाँले म राष्ट्रियसभा सदस्यका लागि जान्छु भनेपछि त्यो पार्टीले सम्बोधन गर्ने कुरा हो ।

तर, पार्टीले प्रस्ताव गर्दा उहाँले म राष्ट्रियसभामा जान्नँ भन्नुभयो । तर पछि, राष्ट्रियसभामा गएपछि संविधान संशोसन गरेर प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नुभो ।

एउटा व्यक्तिको लागि संविधान संशोधन अहिलेको आवश्यकता हो कि होइन ? यो विषयमा नेपाली जनताले के भन्छन् ? यी कुराहरु नेतृत्वले ख्याल गर्नुपर्छ । पार्टीलाई यहाँसम्म पुर्‍याउन उहाँहरुको योगदान छ । तर, योगदान छ भन्दैमा सँधैभरि एउटैले अवसर पाइराख्ने भन्ने कुरा र मैँले अवसर पाइनँ भने पार्टी नै विघटन गर्छु भन्ने तहका कार्यशैली, व्यवहार र गतिविधिले राम्रो गर्दैन ।

अन्त्यमा पार्टीका अध्यक्षद्वयलाई युवाका तर्फबाट के भन्नुहुन्छ ?

अहिले एक जना अध्यक्ष पार्टीको काममा लागिरहनु भएको छ र अर्को अध्यक्षले सरकारको नेतृत्व गरिराख्नुभएको छ । त्यो हिसाबले दुबै अध्यक्षले दायाँबायाँ नगरी जनअपेक्षा अनुसार नै काम गर्दा नै देशको लागि हित हुन्छ । दुई अध्यक्षलाई फुटाएर आफू राज गर्ने नीति कसैले कल्पना गरेको छ भने त्यो ‘हात लाग्यो शून्य’ हुनेछ । यो कुरा नेताहरुले ख्याल गर्नुपर्छ । पार्टीलाई यहाँसम्म पुर्‍याउन उहाँहरुको योगदान छ । तर, योगदान छ भन्दैमा सँधैभरि एउटैले अवसर पाइराख्ने भन्ने कुरा र मैँले अवसर पाइनँ भने पार्टी नै विघटन गर्छु भन्ने तहका कार्यशैली, व्यवहार र गतिविधिले राम्रो गर्दैन ।