काठमाडौँ, फागुन २० । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा २ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गाईलाई चुनाव चिन्ह राख्ने निर्णय गरेको सो पार्टीका नेता राजाराम श्रेष्ठले बताएका छन् ।


ADVERTISEMENT


तत्कालिन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि हलो र गाई कुन चुनाव चिन्ह राख्ने भन्ने बिषयमा पार्टी भित्र विवाद देखिएको थियो ।


ADVERTISEMENT

# # #


केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले चुनाव चिन्ह गाई नै उपयुक्त हुने धारणा राखेपछि सर्बसम्मत पारित गरिएको श्रेष्ठले बताए ।केन्द्रीय समितिले गरेको निर्णय बारे छिट्टै निर्वाचन आयोगलाई जानकारी गराउने सो पार्टीले जनाएको छ ।

बैठकमा आसन्न स्थानीय निकायको निर्वाचनको तयारी, स्थानीय तहमा निर्माण गरिने सांठगठिक संरचना तथा जिम्मेवारी बाँडफाँडका बिषयमा समेत छलफल भएको सो पार्टीले जनाएको छ ।