काठमाडौं । अन्ततः लामो कसरतपछि राप्रपा र राप्रपा संयुक्त बीच एकता भएको छ । शनिबार अबेर एक कार्यक्रमका बीच दुवै पार्टीका अध्यक्षहरुले एकता सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरे । लाजिम्पाटस्थित लप्सी गार्डेनमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरे ।


ADVERTISEMENT


यसअघि शनिवार दिउसो नै हस्ताक्षर गर्ने सहमति भएकामा पार्टीको अन्तरिम विधानलाई लिएर सहमति हुन नसक्दा छलफल लम्बिएको थियो । अन्तरिम विधानमा सहमति जुटेसँगै अबेर पार्टी एकतासम्बन्धी हस्ताक्षर भएको हो ।
एकतापछि पार्टीको अन्तरिम विधान २०७३ को एकता महाधिवेशनबाट पारित बिधानलाई मानिएको छ ।
उनीहरुको नीति राजसंस्थासहितको प्रजातन्त्र हुने उल्लेख गरेका छन् । जबकी राणा नेतृत्वको राप्रपाले आफूलाई राजाविहीन गणतन्त्रको पक्षमा उभ्याउँदै आएको थियो ।


ADVERTISEMENT

# # #


एकताका सहमति पत्रमा तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन् । एकता घोषणा सभा भने फागुन २८ गते राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरिएको छ । हस्ताक्षर कार्यक्रममा तीनै जना अध्यक्षले भ्रष्ट्राचारलगायतको संकटबाट मुलुकलाई मुक्ति दिलाउन एकता गरिएको सुनाए ।

अब थकाई नमारी अगाडी बढ्ने र मुलुकको आवश्यकता अनुसार राजनीतिलाई अगाडी बढाउन तीनै नेताले प्रतिवद्धता पनि जनाए । एकतासँगै राप्रपा ठूलो शक्तिका रुपमा रहने दावी पनि नेताहरुको गरेका छन् ।