पोखरा-  पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।


ADVERTISEMENT


दुवै टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । साविक उपविजेता टिम आर्मी यस पटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ । अघिल्लो संस्करणमा आर्मी फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


आहा रारा गोल्डकपमा आर्मीले १५ संस्करण खेलिसकेको छ । तर, आर्मीले उपाधि जित्न सकेको छैन । आर्मी २०६५, ६६, ७२ र ७५ सालमा उपविजेता बनेको थियो । संकटाले भने चार संस्करण खेलेको छ । जसमा ७ खेल खेलेको हो । संकटाले पाँच गोल गर्दा ७ गोल खाएको छ ।

आर्मी र संकटाबीचको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।