एजेन्सी – नाइजेरिया एक फुटबल खेलाडीको खेल्दा खेल्दै मृत्यु भएको छ । नाइजेरियाका फुटबलर चिनिमी मार्टिन्सको आइतबार खेल्दा खेल्दै मैदानमा मृत्यु भएको हो ।


ADVERTISEMENT


नासारावा युनाइटेडका २२ वर्षे खेलाडी मार्टिन्स काट्सीना युनाइटेडविरुद्धको खेलको दोस्रो हाफमा मैदानमा लडेका थिए । मैदानमा अचेत बनेका उनलाई अस्पताल लगिएपनि डाक्टरले बचाउन सकेनन् ।


ADVERTISEMENT

# # #


खेल्दा खेल्दै मैदानमा खेलाडीको मृत्यु भएपछि नाइजेरिया फुटबल फेडेरेसनले खेलमा औषधीको सुविधा अनिवार्य गर्न र खेलाडीको स्वास्थ्य जाचँ गर्न निर्देशन दिएको छ ।