गोरखा — बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा जिप दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । तीन सख्त घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको एसपी ओम अधिकारीले बताए । उनका अनुसार स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेका ५ घाइतेलाई भने एम्बुलेन्समार्फत गोरखा बजार ल्याउने तयारी भइरहेको छ।


ADVERTISEMENT


गोरखा बजारतर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जिप सौरपानीको केवरा र सिम्वुबीचको छहरे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #