काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था सुधारोन्मुख अवस्थामा रहेको प्रधानमन्त्री ओलीको सचिवालयले स्पष्ट पारेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न सञ्चारमाध्यमले प्रम ओलीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर प्रकाशित समाचार १०१ प्रतिशत झुटो रहेको स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


आज बिहान विभिन्न अनलाइन मिडियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराव रहेको समाचार प्रकाशित गरेका थिए । सल्लाहकार थापाले झुट र भ्रमको खेती नगर्न समेत आग्रह गरेका छन् ।

‘स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गर्दछु । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको छ’, सामाजिक सञ्जालमा थापाले लेखेका छन् ।

यसैबीच प्रधानमन्त्री ओली उपचाररत अस्पताल त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आइरहेको जानकारी दिए ।