काठमाडौँ –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको लोकन्थलीस्थित घरमा आज गराइएको बम बिस्फोटको घटनाको भत्र्सना गरेका छन् ।


ADVERTISEMENT


अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ती जारी गरी घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।


ADVERTISEMENT

# # #


काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद बाँस्कोटाको घरमा बुधबार विहान ७ बजेर ५० मिनेटमा प्रेसर कुकर बम विस्फोट गराइएको थियो । विस्फोटबाट घरका झ्यालका सिसाहरु फुट्नुका साथै पर्खाल भत्किएको छ । घटनाको प्रहरीले अनुसन्धान सुरु गरिसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताए।