भक्तपुर – प्रहरीले करिब १.५ किलो अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीले मंगलबार दिउँसो चाँगुनारायण नगरपालिका–६ नगरकोट बसपार्कबाट उक्त परिमाणको गाँजा सहित सुर्खेतकी २० वर्षीया जेनिशा थापालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी प्रभाग नगरकोटबाट खटिएको प्रहरीले ना.२८ प २५३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारेको थियो ।

प्रहरीका अनुसार उक्त मोटरसाइकलका चालक फरार रहेका प्रहरीले खोजी गरिरहेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।