काठमाडौं। माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका छन्।


ADVERTISEMENT


नियुक्त भएको २३ महिला पछि सीईओ सुमन शर्मा बाहिरिएसंगै कोईरालाको काँधमा सीईओको जिम्मेवारी आएको हो ।


ADVERTISEMENT

# # #


कोइराला दुई वर्षदेखि माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी थिए । नेपालको बैंकिङ क्षेत्रमा २० बर्ष लामो अनुभव हासिल गरेका कोइरालाले माछापुच्छ्रे बैंकमा पनि ७ वर्ष भन्दा बढी समय काम गरिसकेका छन् ।

बैंक अफ काठमाण्डूबाट आफ्नो बैंकिङ करियर शुरु गरि ४ बर्ष बिताएका कोइराला सानिमा बैंकमा ९ बर्ष काम गर्दै माछापुच्छ्रेमा आएका हुन् ।

कोइराला त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर हुन् । कोइरालाले नेदरल्यान्डबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन्।

बैंकमा कोईराला सक्षम, ईमान्दार र निर्णय क्षमतामा अब्बल नेतृत्वका रुपमा चिनिने गरेका छन् । श्रोतका अनुसार कामुको जिम्मेवारी पाएका कोईराला नै प्रमुख कार्यकारी अधिकृत बन्ने छन् ।