काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा गरिएको छ ।


ADVERTISEMENT


नगरपालिकाले बुधबार यहाँ आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा टोखालाई ‘साक्षर नगरपालिका’ घोषणा गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

सीपमूलक शिक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल आधार बन्नसक्ने उनको भनाइ थियो । सोही क्षेत्रका सांसदसमेत रहनुभएका उनले नगरपालिकाको भवन निर्माणसँगै छरिएको ठाउँबाट दिँदै आएको सेवा एकै ठाउँबाट दिने हुँदा सेवाग्राहीलाई सहज हुने बताए ।

ँभवनको सही सदुपयोग गरी गुणस्तरीय सेवा र सेवाको स्तरलाई बढाउँदै लानुपर्छ”, रक्षामन्त्रीसमेत रहनुभएका उनले भने । सेवामा पारदर्शी भएमात्र टोखाको विकास हुने उनको भनाइ थियो ।

नगर प्रमुख प्रकाश अधिकारीले भवन समयभित्र सक्नका लागि नगरपालिकाले काम गर्ने बताए । नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणाअनुुसार कक्षा सञ्चालन गरेको उनको भनाइ थियो ।

नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले भ्याटबाहेक रु। १२ करोड लगानीमा नगरपालिकाको भवन निर्माण गर्न लागेको जानकारी दिए ।

सात तलाको नयाँ बन्ने भवन डेढ वर्षमा सम्पन्न गरिसक्नुपर्नेछ । जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौंमा रहेका ११ नगरपालिकामध्ये नौ नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरेको जानकारी दिए ।

नगरपालिका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र जम्मा ९२ विद्यालय रहेको बताए । कूल ११ वडा रहेको टोखामा १५ देखि ६० वर्ष उमेर समूहका ९८।५४ प्रतिशत जनसङ्ख्या साक्षर रहेको उनको भनाइ थियो ।

वि।सं २०६७ मा टोखामा साक्षरताको प्रतिशत जम्मा ७९ प्रतिशत रहेको थियो । सोही अवसरमा साक्षरता बनाउन महत्वपूर्ण भूमिका खेल्ने वैकल्पिक विद्यालयलाई प्रशंशापत्र प्रदान गरिएको थियो । रासस