काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिएको कारोनाविरुद्ध लड्नका लागि सार्क राष्ट्रको नेतृत्व एक हुनु पर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार एक ट्वीटमार्फत प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीको प्रस्ताव स्वीकार गर्दै त्यसका लागि नेपाल सार्क राष्ट्रहरुसँग नजिकबाट काम गर्न चाहेको बताएका छन् ।  प्रधानमन्त्री ओलीले ट्वीटरमा भनेका छन्, ‘सार्क राष्ट्रका जनतालाई घातक रोग कोरोना भाइरसबाट बचाउन नेपाल सरकार सार्क राष्ट्रका नेतृत्वसंग नजिक रहेर काम गर्न तयार छ ।’


ADVERTISEMENT

# # #


यसअघि आजै मोदीले ट्वीटरमार्फत कोरोनाविरुद्ध मजबुत रणनीति बनाउन सार्क राष्टका नेतृत्व एक हुनुपर्ने बताएका थिए । उनले त्यसका लागि एउटा ‘भिडियो कन्फेरेन्स’को प्रस्ताव समेत गरेका थिए ।

सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् ।

सम्बन्धित समाचार :
कोरोनाले सम्झायो मोदीलाई सार्कको महत्व, गरे ‘भिडियो कन्फेरेन्स’को प्रस्ताव