काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको दशौँ दिन (शुक्रबार) साँझ ६ः३० बजे प्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट घर फर्किएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली पूर्णरूपमा स्वस्थ रहेका पत्रकार सम्मेलनमार्फत् चिकित्सकले बताएका छन्। प्रधानमन्त्री ओलीको अघिल्लो बुधबार (फागुन १९ गते) दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


समीक्षा यस अघि नै डिस्चार्ज भइसकेकी छन् । उनको अवस्था पनि राम्रो रहेको अस्पतालको भनाई छ । प्रधानमन्त्री ओलीले १३ वर्ष अघि पहिलो पटक भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए ।