काठमाडौँ– म्युजिक भिडियोमा जमेका कलाकार पल शाह र आँचल शर्मा अभिनित चलचित्र ‘जोनी जेन्टलमेन’को ट्रेलर सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


आज युट्युव मार्फत रिलिज गरिएको ट्रेलरमा पल र आंचलको प्रेमका साथै द्वन्द्वपनि देख्न सकिन्छ । म्यूजिक भिडियो निर्देशक नीतिन चन्दले निर्देशन गरेको ‘जोनी जेन्टलमेन’ लाई एण्ड्रियू पौडेलले निर्माण गरेका हुन् । फिल्ममा पल शाह, आँचल शर्माका साथै विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको अभिनय रहेको छ ।


ADVERTISEMENT

# # #


यसैगरी फिल्ममा अन्जु पन्त, शुरेश लामा लगायतको स्वर रहेको छ भने संगीत अर्जुन पोखरेल, हेर्कुसल बस्नेत, ब्रिजेस श्रेष्ठको रहेको छ ।