काठमाडौँ – चितवनमा निमार्णाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्रताका साथ अघि बढि रहेको छ ।


ADVERTISEMENT


धुर्मुस सुन्तली फाउण्डेसनद्वारा निमार्णाधीन रंगशालाको मैदानमा आकार पाएको छ भने प्याराफिटको काम सुरु भएको छ । समाय अगावै निर्माण सम्पन्न गर्नका लागि रातदिन नै काम भइरहेको फाउण्डसेनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जनाएका छन् । उनी आफै पनि रंगशाला निर्माणमा खटिँदै आएका छन् ।


ADVERTISEMENT

# # #


‘अहिले मैदान सम्याउने र प्याराफिटको काम भइरहेको छ । केही महिनाभित्रमा रंगशालाको पहिलो चरणको काम यहाँहरुसमक्ष हामी पस्किनेछौँ ।’ उनले भने, ‘त्यही अनुरुप राती समेत काम भइरहेको छ ।’ दुई वर्षभित्र जनतस्तरबाटै संकलित रकमबाट सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको क्रिकेट मैदानको दर्शक क्षमता २० हजार रहेको छ ।

रंगशाला परिसरमा क्रिकेटमात्रै नभई फुटबल, स्वीमिङ, टेनिस, भलिबल लगायतका विभिन्न खेल मैदान बनाइनेछन् ।

तस्बिर : प्रेम पौडेल