एजेन्सी – युरोपेली फुटबल महासंघ (युईएफए) ले च्याम्पियन्स लिग सहित युरोपेली फुटबल प्रतियोगिता तत्कालका लागि स्थगित गरेको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण युईएफएले च्याम्पियन्स लिग सहित युरोपा लिगका खेलहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।


ADVERTISEMENT


कोरोनाको संक्रमणबाट बच्न प्रतियोगिताका खेलहरु रोकेको युईएफएले जनाएको छ । च्याम्पियन्स लिगका आगामी खेल मार्च १७ र १८ मा हुने तय थियो । पछिल्लो निर्णयसंगै च्याम्पियन्स लिगको खेल स्थगित भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, युईएफले च्याम्पियन्स लिगको क्वार्टरफाईनलको ड्रको कार्यक्रम समेत स्थगित गरेको छ । अन्तिम ८ को ड्रकालागि मार्च २० को समय निर्धारण गरिएको थियो । यसअघि, युईएफएले च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्मेनको खेल बन्द रंगशालामा आयोजना गरेको थियो ।

यस्तै, बार्सिलोना र नापोलीबीच हुने खेल बन्द रंगशालामा हुने तय भएको थियो । अब, भने सो खेल स्थगित भएको छ ।