काठमाडौं – कास्कीको लुम्ले आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको छ । आइतबार साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


ADVERTISEMENT


लुम्ले आसपास ५ रेक्टरस्केलको भुकम्प मापन गरिएको केन्द्रका प्रमुख भरत कोईरालाले हिमालय पोष्टलाई जानकारी दिए । उनका अनुसार यो पराकम्पन नभएर नयाँ भुकम्प नै हो ।


ADVERTISEMENT

# # #


भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ, पाल्पा, स्याङ्ग्जा र लमजुङमा महसुस गरिएको छ।