काठमाडौँ– नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन्।


ADVERTISEMENT


हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तीर्थ कोइरालाको प्यानललाई १ सय ५ मतले हराउँदै आचार्य निर्वाचित भएका हुन्।


ADVERTISEMENT

# # #


आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका छन्। यस्तै अध्यक्षका अर्का उम्मेद्वार उजीर मगरले ५४, ईन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाइन्।

यसअघि पनि पत्रकार महासंघको उपाध्यक्ष भइसकेका आचार्यलाई यसपटक कांग्रेस निकट प्रेस युनियन सहित साना दलका संगठनले समर्थन गरेका थिए।

विजयी उपाध्यक्ष खुल्लामा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसिएसट सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी निर्वाचित भए।

मतदानमा १४४९ मत खसेको थियो।

को– को विजयी भए हेर्नुहोस् सूची (मतसहित)