काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न भारत भ्रमणका एजेण्डाबारे आज पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्दै छन् ।


ADVERTISEMENT


बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा विहान १० वजेपछि भएको छलफलमा आफ्नो भारत भ्रमणका क्रममा उठाउने एजेण्डाबारे प्रधानमन्त्री देउवाले सुझाव माग्न लागेका हुन् । दुई देशवीच यसअघि भएका सहमति र सम्झौताको कार्यन्वयनका विषयमा छलफल केन्द्रित हुने उहाँको निजी सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवा ५ दिने औपचारिक भ्रमणका लागि भोली भारत जाँदै छन् । भारत भ्रमणबारे यसअघि पूर्वप्रधानमन्त्री र परराष्ट्र विज्ञसँग छलफल गरेका देउवाले भ्रमणको पूर्वसन्ध्यामा पूर्वपरराष्ट्रमन्त्रीलाई वालुवाटार बोलाएका हुन् । प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा पुराना परियोजना र भारतीय बाँधका कारण नेपाली भूभाग डुवानको समस्या लगायतका विषयमा छलफल हुनेछ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले प्रधानमन्त्रीको भ्रमण एजेण्डा तय गरिसकेको छ ।