काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरु कोरोना भाईरसका बिरुद्ध एक भएर लड्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्स प्रस्ताब गर्दै अघि बढाएका प्रधानमन्त्री मोदीले दक्षिण एसियाली मुलुकमा विश्व जनसंख्याको ५ भागको १ भाग जनसंख्या रहेको र यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था कमजोर रहेकाले जोखिमको सम्भावना अधिक रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सार्क राष्ट्रहरुले भाईरसका बिरुद्ध एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

विश्वका विभिन्न मुलुकमा रहेका नागरिकहरुलाई स्वदेश फर्काएको बताए । कन्फरेन्समा छिमेकी नागरिकहरुलाई पनि स्वदेश फर्काएको बताए ।

प्रधानमन्त्री मोदीले बिश्वभर महामारी फैलाईरहेको कोरोना भाईरस बिरुद्ध एक भएर लड्न सार्क राष्ट्रबीच भिडियो कन्फरेन्सको प्रस्ताव गरे अनुसार आईतबार सो सम्भव भएको हो ।