एजेन्सी– कोरोना भाइरसको सङ्क्रमण विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिने भएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटिन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको योजना छ ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ ।