सिड्‍नी — कोरोना भाइरस (कोभिड – १९) को संक्रमण रोक्नका लागि अस्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा गरिएको छ । सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी र दक्षिण अस्ट्रेलियन सरकारले जनस्वास्थ्यका लागि संकटकाल घोषणा गरेको हो ।


ADVERTISEMENT


केन्द्रीय सरकारले अस्ट्रेलिया आउने जोकोहीले अनिवार्य १४ दिनसम्म ‘सेल्फ आइसोलेसन’ मा बस्नैपर्ने नियम लगाएको भोलिपल्ट भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी  र दक्षिण अस्ट्रेलियन सरकारले यस्तो घोषणा गरेका हुन् ।
अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्ने क्रममा छ । अहिलेसम्म यसबाट ३ सय ३४ जना संक्रमित बनिसकेका छन भने मृत्यु हुनेको संख्या ५ पुगिसकेको छ ।


ADVERTISEMENT

# # #